वर्तमान सरकारको औचित्य सकियो:-एमाले सचिव ज्ञवाली

वर्तमान सरकारको औचित्य सकियो:-एमाले सचिव ज्ञवाली
राजनीति

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट घट्ने आशंकाले राजपा नेपाललाई रणनीतिकारुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा ज्ञवालीले एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा रहेको दाबी गरे ।

सत्तारुढ दलले भने राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको जिकिर उनको छ ।

उनले भरतपुरमा मतपत्र च्यातिएको घटनाका दोषीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै घटनामा अदालतसमेत कहिँ कतैबाट प्रभावित भइरहेको हो कि भन्ने आशंका गरे ।

सत्तारुढ दलकै कारण समयमै मन्त्रिमन्डल विस्तार हुन नसकेको भन्दै उनले वर्तमान सरकारको औचित्य सकिएको पनि बताए ।

Post Comment