नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्णता नपाउने बताएका छन् ।
बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले अहिलेकैअनुसार संविधान संशोधन भइहाले त्यो देशकै लागि घातक हुने पनि बताए ।
वर्तमान सरकारले पूर्णता पाउन ढिलाइ हुनुमा आर्थिक चलखेल रहेको आरोप उनको छ ।
कसरी–कुन मन्त्रालयबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिनसक्छ भन्ने खेलकै कारण सरकारले पूर्णता पाउन नसकेको उनको दाबी थियो ।