एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जनताको हितका लागि मुलुकमा वामपन्थी राजनीतिक दलहरुबीच एकता अनिवार्य रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वामपन्थी दलहरु अन्य दलभन्दा जनपक्षीय हुने, जनताको सामाजिक सुरक्षाको सवालमा बढी गम्भीर र जिम्मेवार हुने भएकाले पनि वामपन्थी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए ।
लामो समयदेखि जनतालाई अधिकार सम्पन्न बनाउन संघर्ष गरेका वामपन्थी दलहरु एकठाउँमा आउनुपर्छ भनेरै आफूले केही वर्षअघि नयाँ बानेश्वरस्थित एक घरमा एमाले र माओवादीका शीर्ष नेताको बैठक राखेको र छलफल चलाएको बताउँदै नेता नेपालले त्यसवेला सम्भव नभए पनि अब त्यसको पहल गर्नुपर्ने बताए ।