नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले दुई वटा निर्वाचन एकै चरणमा गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका हुन् ।
उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले चरणबद्ध निर्वाचन गराएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारलाई नै ‘पटके’ को संज्ञा दिए ।
उपाध्यक्ष रावलले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने दाबी गरे ।