अर्को संविधान बन्ने उपेन्द्र यादवको चेतावनी

अर्को संविधान बन्ने उपेन्द्र यादवको चेतावनी
राजनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनसमेत संघर्ष भएकाले परिवर्तनकारी शक्ति मिलेर अरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संघीय प्रेस फोरम सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ‘निर्वाचन सम्पन्न हुँदैमा संविधान स्वीकार्य भयो भन्ने ठान्नु भ्रममात्र भएको’ बताए ।

उनले संविधानका केही प्रावधान नसच्याए अर्को संविधान बन्ने चेतावनी दिए ।

सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

Post Comment