संसद बन्द गर्न कांग्रेसका सांसद भण्डारीको प्रस्ताव

संसद बन्द गर्न कांग्रेसका सांसद  भण्डारीको  प्रस्ताव
राजनीति

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले व्यवस्थापिका संसद केही दिनका लागि बन्द गर्न प्रस्ताव गरेका छन् ।

बाढी, पहिरो र डुबानले देशभरका जनता पीडामा रहेc भन्दै उनीहरुको उद्धार, राहत र दुःखमा परेका बेला जनप्रतिनिधीका नाताले साथ दिन सम्पूर्ण सदस्यहरु प्रभावित क्षेत्रमा खटिनुपर्ने भन्दै संसद बन्द गर्न प्रस्ताव गरेका हुन् ।

‘हामीले मुखले बोल्दै मात्रै आएका छौं, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर उद्धार र राहतमा लागिरहेका छन्,’ भण्डारीले भने- ‘हामी जनप्रतिनिधी भएर पनि बोल्ने काम मात्रै गरिरहेका छौं । कसरी हुन्छ जनप्रतिनिधीसम्म पुग्नुपर्यो । जनताको दुःखमा साथ दिनुपर्यो । यसका लागि संसद नै बन्द गर्नुपर्ने भएपनि गरौं ।’

Post Comment