नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहित १५ जना निश्कासित

नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहित १५ जना निश्कासित
राजनीति

 नयाँ शक्ति पार्टी नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टीबाट निश्कासन गरेको छ ।

बिहीबार नयाँ शक्तिको कार्यदिशा प्रष्ट नभएको भन्दै अग्रगामीहरुको ध्रुवीकरणका लागि बृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका उनीहरुलाई सबै जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी उनीहरुले पार्टी नीति र विचार विपरीत कार्य गरेको र पटक-पटक सचेत गराउँदा पनि पार्टी विरोधी गतिविधि गरिरहेकाले निश्कासन गरेको जानकारी गराएका छन् ।

नयाँ शक्तिले देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाई निश्कासन गरेको छ ।

Post Comment