संशोधन प्रस्ताव फेल भएपछि राजपाले रणनीति तय गर्ने

संशोधन प्रस्ताव फेल भएपछि राजपाले रणनीति तय गर्ने
राजनीति

नेपाल सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फेल भएपछि राष्ट्रिय जनता पार्टीले आगामी रणनीति तय गर्ने भएको छ ।

भावी रणनीति तय गर्न पार्टीको पदाधिकारी समितिको बैठक पार्टी कार्यालयमा बस्दै छ । राजपा नेता केशव झाका अनुसार मंगलबार बिहान ११ बजेदेखि पार्टीको बैठक बस्नेछ ।

आन्दोलनरत मधेसी दलको माग सम्बोधन गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सोमबार संसदमा पेस गरेको थियो । तर, प्रस्तावमाथि मत विभाजन गर्दा संशोधनको पक्षमा आवश्यक दुई तिहाई मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको थियो ।

राजपाले यसअघि नै मतपरिणाम स्वीकार गर्ने बताइसकेको छ । र, अगामी असोज २ मा हुने स्थानीय तह अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनमा पनि भाग लिने बताइसकेको छ ।

आजको बैठकमा भावी चुनावमा पार्टीले अख्तियार गर्ने रणनीति तथा संशोधन प्रस्ताव फेलभएपछि उत्पन्न परिस्थितबारे समिक्षा हुने बताइएको छ ।

Post Comment