संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरी असफल गराएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले कपिलवस्तुमा नेकपा एमालेको झण्डा जलाइदिएका छन् ।
थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरका अनुसार संविधान संशोधन प्रस्तावको बिरोध गरेको र तटस्थ बसेको आक्रोमा राजपा कपिलवस्तुका नेता कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिकको झण्डा जलाएका हुन् ।
झण्डा जलाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले राजपाका अध्यक्ष मण्डलका नेता कालिपद शर्मा (जनशन) र राम प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ ।