देउवाले मोदीलाई बचन दिनु नेपालीको अपमान भयो:-माओवादी नेता श्रेष्ठ

देउवाले मोदीलाई बचन दिनु नेपालीको अपमान भयो:-माओवादी नेता श्रेष्ठ
राजनीति

पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकासँग संविधान संशोधन गरेर सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएपछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ ।

जनताका साथै सत्ता साझेदार दलकै वरिष्ठ नेता समेत देउवाको कदमले नेपाली जनताको अपमान गरेको भन्दै विरोधमा उत्रिएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हैदरावाद हाउसमा आयोजित नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर भारतीय समकक्षी नरेन्द्र मोदीलाई बचन दिनु नेपालीको अपमान भएको टिप्पणी गरेका छन् ।

श्रेष्ठले भनेका छन्– ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ । प्रमलाई थाहा छ के बोल्नुभो ?’

Post Comment