कांग्रेस–एमालेविरुद्ध वाइसिएलले मुद्धा हाल्ने, नेता ढुंगेल विरुद्ध अदालतको फैसला अस्वीकार्य

कांग्रेस–एमालेविरुद्ध वाइसिएलले मुद्धा हाल्ने, नेता ढुंगेल विरुद्ध अदालतको फैसला अस्वीकार्य
राजनीति

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलले कांग्रेस र एमालेका नेताविरुद्ध अदालतमा मुद्दा हाल्ने घोषणा गरेको छ ।

जनयुद्धकालिन मुद्दा ब्यूँताएर माओवादीलाई कमजोर बनाउने षड्यन्त्र गरेकाले उनीहरु विरुद्ध पनि अदालतमा मुद्दा हाल्ने वाइसिएलले घोषणा गरेको हो । अब जनयुद्धकालिन मुद्दाहरु ब्यूँताउनेविरुद्ध कडा प्रतिवाद गर्नेसमेत वाइसिएलले चेतावनी दिएको छ ।

वाइसिएलको प्रदेश नम्बर ६ कमिटीले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाइसीएलका नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले शान्ति सम्झौतापछि कांग्रेस र एमालेले माओवादीलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।

माओवादी नेता बालकृष्ण ढुंगेल र पार्टीका अन्य नेताविरुद्ध अदालतबाट भएका फैसला अस्वीकार्य भएको वाइसिएलको भनाइ छ ।

कांग्रेस र एमालेविरुद्ध मात्र नभइ तत्कालिन प्रशासक र राज्यका सुरक्षा अधिकारीविरुद्ध पनि अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको वाइसिएलले जनाएको छ ।

Post Comment