छत्र लकाई खड्का, मलेसिया । आइतबार नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मन्चको उलाह राज्य कमिटीको केन्द्रीय सदस्य मोहन घिमिरेको उपस्थितिमा पहिलो बैठकमा सम्पन्न भएको छ ।
बैठकमा थाईल्याण्डमा रहेका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अोलीको स्वास्थ्य लाभको कामना गर्दै असोजमा २ नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको स्थानीय निकायको निर्वाचनमा पार्टीको भुमिका र प्रचार प्रसारको बिषयमा छलफल भएको थियो । केही निष्कृय सदश्यलाई निस्कासन गर्दै कार्यक्रममा हाल मलेसियामै रहेका र पार्टिमा कृयाशिल ब्यक्तित्व छत्र खड्कालाई सर्वसम्मतले कोषाध्यक्षमा मनोनयन गरिएको थियो ।
कार्यक्रममा मोहन प्रसाद घिमिरे- केन्द्रीय कमिटी सदस्य, रोशन दाहाल -अध्यक्ष, बिष्णु रिजाल- सचिव, राजन राई -सहसचिव, छत्र खड्का-कोषाध्यक्ष, अर्जुन थापा-सदस्य, बसन्त कार्की सदश्य लगायतको उपस्थिती थियो । बैठकमा बिबिध बिषय हरुमा छलफल गरी उलाह राज्य कमिटीलाई सक्रिय ढङ्गबाट लाने निर्णय समेत भएको थियो ।