एमाले बिरोधी प्रचार वा आक्रमण गरेपनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो :- वरिष्ठ नेता नेपाल

एमाले बिरोधी प्रचार वा आक्रमण गरेपनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो :- वरिष्ठ नेता नेपाल
राजनीति

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने भन्दै कांग्रेसले प्रस्ताव ल्याएर संशोधन दर्ता गराउनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल चितवनद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भ्रष्टाचारीको पक्षमा आएको काँग्रेसको प्रस्तावले दुँनियालाई लज्जित बनाउने काम गरेको भन्दै यसले कांग्रेसको साखलाई नै गिराएको बताए । सत्तामा बसेर कांग्रेसले जनबिरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषद्को जस्तै हुने उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसङ कोट्याउँदै नेता नेपालले भने– ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, नेपालको आन्तरिक बिषय सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’

नेकपा एमालेमाथि मधेसमा भैरहेको आक्रमण अतिवादी राजनीतिक र अपराधिक मानसिकताबाट सिर्जित भएकाले सरकारले यस बिषयमा कडा कदम उठाउनुपर्नेमा नेता नेपालले जोड दिए । जसले जतिसुकै एमाले बिरोधी प्रचार वा आक्रमण गरेपनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्ने उनको दाबी छ ।

613Shares

Post Comment