एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन ।
वीरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका नेपाललाई स्थानीयले लखेटेका हुन् । नेपालसँगै प्रचार–प्रसारमा सहभागी नेता तथा कार्यकर्ता पनि लखेटिएका छन् ।
स्थानीयले एमालेलाई मधेसविरोध पार्टीको संज्ञा दिएका थिए ।