झुम्राको पुतली जस्तै जोडेर बनाएको सरकारले राम्रो काम गरेन :-एमाले अध्यक्ष ओली

झुम्राको पुतली जस्तै जोडेर बनाएको सरकारले राम्रो काम गरेन :-एमाले अध्यक्ष ओली
राजनीति

कपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झुम्राको पुतली जस्तै जोडेर बनाएको अहिलेको सरकारले राम्रो काम गर्न नसकेको बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले भरतपुर विमान स्थलमा आइतबार गरेको पत्रकार सम्मेलनमा ओलीले भन्नुभयो ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन जुन काम गर्छ आलोचना मुक्त छैन ।’

संविधान संंशोधनको प्रस्ताव फेल भएको दुई दिनपछि भारतमा गएर संशोधन गर्छु भन्नु लाजमर्दो विषय भएको बताउँदै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा  लिखित मन्तव्य सकिसकेपछि विशेष समय लिएर जसरी पनि संविधान संशोधन गर्ने आसय व्यक्त गर्नु राम्रो नभएको बताउनुभयो ।

राज्यको शक्ति प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउदै ओलीले राज्यशक्तिको चरम दुरुपायोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भइरहेको बताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउँदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टचार नियन्त्रण सम्भव नरहेको बताउनुभयो ।

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रीय कमिटि र राष्ट्रिय परिषदको बिस्तारित बैठकलाई आइतबार सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘धुपौरेहरुका कारण एमालेको विजययात्रा रोकिदैन ।’

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई एमालेको भातृ संगठन अनेरास्ववियु भन्दा अलि ठूलो भएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो ‘एउटा अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ? कांग्रेस भएको भए हामी छौं भनेर हात उठाउँथ्यो ।’

Post Comment