स्थानीय तहको चुनाव प्रचारको लागि अवैध भारतीय गाडीको प्रयोग

स्थानीय तहको चुनाव प्रचारको लागि अवैध भारतीय गाडीको प्रयोग
राजनीति

स्थानीय तहको तेस्रो चरण अन्तर्गतको २ असोजमा हुने निर्वाचनको प्रचारप्रसारमा अवैध भारतीय नम्बर प्लेटका गाडीको प्रयोग बढेको छ। सदरमुकाम गौर नगरपालिका लगायतका सिमा क्षेत्रका नगरपालिका तथा गाउँपालिकाका संभाबित उमेदवाहरु र कार्यकर्ताहरुले चुनाव प्रचार अभियानमा भारतीय गाडीको प्रयोग गरेका हुन्।

भारतीय नागरिककै नाममा रहेका त्यस्ता भारतीय गाडीहरु निर्वाध रुपमा सञ्चालनमा आइरहेका छन्। यस्ता अवैध रुपमा अवैध सवारी खुलमखुला रोडमा गुडिरहँदा पनि यसको नियमन गर्ने निकाय भने मौन छ। भारतीय सीमासँग जोडिएका जिल्लाका कतिपय उम्मेदवारका आफन्त भारतका बिभिन्न गाउहरुमा बस्छन्। त्यही भएर उनीहरूका नाममा दर्ता रहेका गाडीको प्रयोग बढेको हो। त्यस्ता सवारी साधनमा पार्टीको चुनाव चिह्न र झन्डासमेत राखेर गाडी गुडाउने गरिएको छ।

नियमन गर्ने निकाय राजस्व अनुसन्धान इकाई कार्यालय, प्रहरी, भन्सार र स्थानीय प्रशासन हुन्। यी निकायले देखेर पनि नदेखेझैं गरेर बसेको गौरका पत्रकार शैलेन्द्र झाले बताए। बिना अबरोध निर्बाध रुपमा गाडी प्रयोगमा आएका छन्। नेपाली सवारी साधनको तुलनामा भारतिय सवारी साधन सस्तो भाडामा पाइन्छ। आर्थिक ऐन, ०६५ मा एउटै चेचिस नम्बर र नम्बर प्लेटका गाडी एक वर्षमा पटक–पटक वा एकमुष्ट गरी जम्मा २९ दिन मात्र अस्थायी पैठारी गराई चलाउन पाउने प्रावधान छ।

सिमा क्षेत्रको गौर नगरपालिका,राजदेबी नगरपालिका,बौद्धिमाइ नगरपालिका,यमुना माइ गाउपालिका,दुर्गाभगबती गाउपालिकाका अधिकांश उमेदवारका आंकक्षी तथा कार्यकताहरु अबैध सवारी साधन प्रयोग गदै आएका छन। यता जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापालले कसैले पनि अबैध रुपमा सवारी साधन चलाउन नपाइने र चलाएको भेटिएमा कारबाही हुने बताएका छन। नियम भन्दा बाहिर सवारी साधन चलाउने अधिकार कसैलाइ नभएको हुदा अनुगमन गरी त्यस्तो सवारी साधनलाइ कार्वाही प्रमुख जिल्ला अधिकारी थापाले बताए।

Post Comment