उम्मेदवार छनौटको विषयमा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान, १० कार्यकर्ता घाइते

उम्मेदवार छनौटको विषयमा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान, १० कार्यकर्ता घाइते
राजनीति

स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिराहमा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।बुधबार पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् । सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि विवाद उत्पन्न भएको थियो ।

बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा. सुुभाषचन्द्र यादवले जानकारी गराएका छन् ।

Post Comment