हिन्दूराष्ट्र र राजसंस्था नचाहनेहरुको ‘ग्रान्ड डिजाइन’मा फुटाइयो : कमल थापा

हिन्दूराष्ट्र र राजसंस्था नचाहनेहरुको ‘ग्रान्ड डिजाइन’मा फुटाइयो : कमल थापा
राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था नचाहनेहरुको ‘ग्रान्ड डिजाइन’मा पार्टी विभाजन गराइएको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा मध्यमाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सत्ताको लोभ र मोहले पशुपतिशमशेर राणाले राष्ट्रवादीहरुलाई धोका दिएको आरोप पनि लगाए ।

‘अरुको उक्साहटमा राष्ट्रवादी शक्ति, हिन्दूराष्ट्र पक्षधर शक्ति र राजसंस्था पक्षधर शक्तिलाई कहिल्यै उठ्न नसकोस् भन्ने योजनाका साथ फुटाउने काम भएको छ’–उनले भने ।

पार्टी एकीकरणकाक्रममा केही अतिभ्रष्ट व्यक्तिहरु पनि पार्टीमा आएकाले पनि विभाजन हुन पुगेको थापाको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता बालराम घर्तीमगरले पार्टी विभाजनले राप्रपालाई कुनै असर नपरेको जिकिर गरे ।

राप्रपालाई साथ दिने युवाहरु पार्टीमै रहेको भन्दै उनले ‘अब पार्टी आफ्नो एजेन्डामा एकोहोरोरुपमा अघि बढ्छ’–भने ।

देशमा भ्रष्टाचार र कुशासनको बिगबिगी भएको भन्दै घर्तीमगरले यो अवस्थालाई सम्हाल्न राजसंस्था अपरिहार्य भइसकेको तर्क गरे ।

Post Comment