काँग्रेस नेता चन्द्र भण्डारीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड ’ लाई विपी कोइरालापछिको ठूलो नेताका रुपमा हेरेको बताएका छन् । सिमरा विमानस्थलमा कुराकानीमा काँग्रेस नेता भण्डारीले ‘प्रचण्ड ’ लाई विपी कोइरालापछिको नेताका रुपमा चित्रण गरेका हुन् । त्यस्तै भण्डारी सँगै रहेको कांग्रेस नेता रामहरी खतिवडाले पनि प्रचण्डको प्रशंसा गरेका थिए । उनीहरुले संविधान बनाउने र कार्यन्वयनमा अध्यक्ष प्रचण्डले खेलेको भूमिका महत्वपूर्ण भएको समेत बताएका छन् ।
हिजो युद्धको पृष्ठभूमि भएको पार्टी आज लोकतान्त्रिक भएकोमा आफुहरु अचम्मित भएको छौ, कांग्रेस नेताहरुको भनाई थियो ।
पत्रकारहरुसँग कुरा गदै माओवादी अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले धेरै मिहिनेत गरेर मधेशमा चुनावको वातवरण बनेको भन्दै चुनाव सम्पन्न हुन लागेकोमा आफु निकै खुसी भएको समेत बताए ।
उनले मधेशकै लागि धेरै मिहिनेत गरेको भन्दै मधेशमा हुने चुनावले राष्ट्रिय एकता प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।
मधेशी जनताको विचमा जाने अवसर मिलेको भन्दै उनले जनताको, राजनीतिक दल र बुद्धिजीविको म प्रति सकरात्मक धारणा बढेको बताए ।
अध्यक्ष प्रचण्डले अघि भने ,यो बर्ष चुनावी बर्षका रुपमा वित्दै गएको , प्रदेश र केन्द्रको चुनावको मिति पनि घोषणा भएको र सरकारको मुख्य काम पनि यही हो ।
संविधान कार्यन्वयन,राजनीतिक स्थिरता र आर्थिक समृद्धि सरकारको काम भएको हुदाँ सरकारले यसलाई निरन्तरता दिएको भन्दै उनले सरकारले राम्रो काम गरेको बताए ।