फोरमका सासंदले उत्तरप्रदेशका मुख्य मन्त्रीलाई बुझाए यस्तो पत्र

फोरमका सासंदले उत्तरप्रदेशका मुख्य मन्त्रीलाई बुझाए यस्तो पत्र
राजनीति

संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाहले नेपाल–भारत सिमानामा रहेको बढनी बजारमा अन्तर्राष्ट्रियस्तरको बस स्टेसन बनाउन भारतको उत्तर प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

उत्तरप्रदेशको लखनउमा शनिबार बिहान मुख्यमन्त्री योगी आदित्यानाथसँगको भेटका क्रममा सांसद शाहले सीमावर्ती भारतीय बजार बढनीमा बस स्टेशन स्थापना गर्न माग गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आवश्यक अध्ययन गरेर कारबाही अगाडि बढाउने आश्वासन आफूलाई दिएको सांसद शाहले जानकारी दिए ।

योगी आदित्यनाथसँगको भेटमा सांसद शाहले नेपालबाट भारत जाने नेपालीहरू नेपालको कृष्णनगरको सीमा हुँदै बढनीबाट विभिन्न शहर जाने गरेको भन्दै अन्तर्राष्ट्रियस्तरको बस स्टेशन निर्माण हुँदै दुबै देशलाई सहयोग मिल्ने बताएका थिए ।

संघीय समाजवादी फोरम नेपालका सांसद शाह कपिलवस्तबाट निर्वाचित सांसद हुन् । शाहले आफ्नो गृहजिल्लालाई भारतसँग यातायातसँग सिधा जोड्न चाहेको बताउँदै आएका छन् ।

Post Comment