धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना कार्यकर्ता घाइते

धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना कार्यकर्ता घाइते
राजनीति

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

स्थानीय तह निर्वाचनको मौनअवधि जारी रहेकै बेला दुई पार्टीका कार्यकर्ताले एक–अर्काविरुद्ध निगरानी राख्नेक्रममा विवाद हुँदा झडप भएको हो ।

झडपमा एमालेका तीनजना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये नगराइन नगरपालिका–८ का ईन्द्रदेव पासवानको अवस्था गम्भीर छ ।

उनको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

Post Comment