माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयास गरेपछि गणना स्थगित

माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयास गरेपछि  गणना स्थगित
राजनीति

बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो ।

माओवादी केन्ऽका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै उनीहरुले विवाद झिकेका हुन् ।

प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले बताए ।

Post Comment