प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे । ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।
उनले संवैधानिक अंगहरुको भूमिका निष्पक्ष रहन नसकेको गुनासो गरे ।
माओवादीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादी तितेपाती हो, एमाले पिपल हो । तितेपाती ३ महिनामा नै हर्लक्क बढ्छ । ४ महिना मर्छ, पिपलको ३ महिनामा २ वटा पात पलाउँछ तर, दीर्घजीवन बाँच्छ भरपर्दो र पाको हुन्छ ।’
कांग्रेस खानका लागि जन्मिएको उनको टिप्पणी छ । उनले भने, ‘कांग्रेस सकिसक्यो, त्यसमा कुनै जीवन छैन र सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो । अब त्यसका पछि लागेर देश बन्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले काण्डैकाण्ड मच्चाएको उनको भनाइ छ । ओलीले प्रश्न गरे, ‘चार पटकसम्म किन प्रधानमन्त्री भएको रु मलाई त लाग्दैन गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुन्छ ।
एमाले राष्ट्रवादी शक्ति भएको र आफ्नो पार्टीबिरुद्ध ठूलो घेरावन्दी भइरहेको अध्यक्ष ओलीको भनाइ छ । जनताको साथ रहे त्यसको केही अर्थ नहुने भन्दै उनले भने, ‘माकुराको जालोमा झिंगा पर्दछ, भैंसी पर्दैन ।’