रौतहटमा कांग्रेसी घरबेटी र राजपा समर्थक डेरावालबीचको विवादमा एकजनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार, घरबेटीले आफ्नो पार्टीका उम्मेदवारलाई किन भोट नदिएको भन्दै प्रश्न गरेका थिए । उनले आफ्नो घरमा बसेर अर्को पार्टीका उम्मेदवारलाई भोट दिएको भन्दै सुरूमा डेरावालसँग निहुँ खोजेका थिए ।
लगत्तै दुईपक्षबीच भनाभन सुरू भयो । राती ११ बजे दुई पक्षबीच भनाभनसँगै हात हालाहाल भएछि छुट्याउन पुगेका रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले घटनासँग सम्बन्धित नरहेका र छुटयाउन पुगेका निर्दोषको दुवैपक्षकको कुटाईबाट ज्यान गएको बताए ।
घटनामा संलग्न रहेका घरबेटी र उनकै घरमा बस्ने व्यक्तिबिचको सम्बन्धमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।