मन्त्रीकी श्रीमति प्रदेश नम्बर २ को पहिलो मेयर

मन्त्रीकी श्रीमति प्रदेश  नम्बर २ को पहिलो मेयर
राजनीति

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा बर्तमान सरकारका सहरी विकास मन्त्री प्रभु साहकी श्रीमति रिनाकुमारी साह पहिलो महिला मेयर बनेकी छिन् ।

रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह ३९३३ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी राजपाका उम्मेदवार रविन्द्र पटेलले २१०० मत प्राप्त गरे ।

साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् ।

त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल ३८९६ मत सहित विजयी बने । उनका  निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीकै उम्मेदवारले १६५० मत  प्राप्त गरेका छन् ।

Post Comment