प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसले दुइहजार नौस ९९ मत मात्र ल्याएको छ । त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । जनकपुर उपमहानगरमा एमालेले शुक्रबार बिहानसम्म हजार मत कटाउन सकेको छैन ।
राजपा
मेयर–९२१९
उपमेयर– ६५२७
नेपाली काङ्ग्रेस
मेयर–२९९९
उपमेयर–२७१७
एमाले
मेयर–९२७
उपमेयर–९१७