नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेकाले कमजोर बन्दै गएको बताएका छन् ।
सोमबार धादिङ कांग्रेसले दसैं, तिहार र छठपर्वको अवसरमा धादिङवेसीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले ‘कांग्रेसमा विचारभन्दा व्यक्ति हावी हुँदै गएकाले पार्टी कमजोर भएको हो’–भने ।
संविधानको मर्मअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुन लागेकोले कांग्रेसले समृद्धिको नारा लिएर चुनावमा जानुपर्ने उनको भनाइ थियो ।
नेता सिंहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।