अबको निर्वाचनमा बामपन्थि एकता आवश्यक छ :-एमाले नेता माधवकुमार नेपाल

अबको निर्वाचनमा बामपन्थि एकता आवश्यक छ :-एमाले नेता माधवकुमार नेपाल
राजनीति

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताउनुभएको हो ।

वामपन्थी तालमेलका विषयमा नेकपा (माओवादी केन्द्र) तयार रहे एमाले तयार रहेको उहाँले बताउनुभयो । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उहाँले बताउनुभयो ।

फरक प्रशंगमा उहाँले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गर्नुभयो । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उहाँले बताउनुभयो ।

नेपालले भन्नुभयो, “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि बताउनुभयो ।

Post Comment