“एमाले राष्ट्रवादी शक्तिको साझा घर हो” :-बामदेव गौतम

“एमाले राष्ट्रवादी शक्तिको साझा घर हो” :-बामदेव गौतम
राजनीति

एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालको राष्ट्रियता र स्वाभिमानको क्षेत्रमा एमालेले लिएका अडानकै कारण अहिले निश्छल र निश्लङ्क राष्ट्रवादी सोच भएका व्यक्तिहरु अन्य पार्टी छोडेर एमालेमा धमाधम आउन थालेको बताएका छन् ।

नेकपा एमाले दाङले सोमवार घोराहीमा आयोजना गरेको ‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

यहि कार्यक्रममा लोकगायीका कोमल वली राप्रपाको केन्द्रिय सदस्य त्याग गर्दै एमालेमा प्रवेश गरेकी छन् ।

नेकपा एमाले पार्टी उर्लदो समुन्द्र जस्तै भएको चर्चा गर्दै उनले अहिले देशव्यापी रुपमा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गरे ।

‘भारतीय नाकाबन्दीसँगै अहिलेसम्म एमाले कतैपनि जनताको शिर झुक्ने काम गरेको छैन,’ उनले भने, ‘एमाले राष्ट्रवादी शक्तिको साझा घर हो ।’

गौतमले यहि कार्यक्रममा कांग्रेसको खोक्रो लोकतन्त्रले देश नचल्ने पनि बताए ।

‘यथास्थितिवादी कांग्रेससँग खोक्रो लोकतन्त्र मात्रै छ, त्यसले नेपाल र नेपाली जनताको समृद्धि हुन सक्दैन,’ उनले भने ।

Post Comment