बाराको कलैया उप–महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शुरुदेखि थोरै मतको अग्रता कायम राख्दै आएको एमालेलाई वडा नं २० मा आएर कांग्रेसले पछि पार्न सफल भएको हो । कांग्रेसका राजेश राय यादवले एमालेका विनोद साहलाई १८७ मतले पछि पार्दै विजयी हुन सफल भए ।
यादवले १०९०३ मत ल्याउँदा निकतम प्रतिद्वन्दी एमालेका साहले भने १०७१६ मत ल्याए ।
त्यसैगरि उपमेयरमा कांग्रेसकी रहिमा खातुनले १०५३८ मत ल्याएर विजयी भइन् । उनले निकतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादव भन्दा १६६ मत बढी ल्याईन् । यादवले १०३७२ मत पाईन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतपरिणाम मिलाउने र कम्प्युटरमा ईन्ट्रि गर्ने काम भइरहेकोले अन्तिम नतिजा सार्वजनिक गर्न केहि समय लाग्ने बताएका छन् ।