-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् ।
नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधनको क्रममा नेता नेपालले उक्त कुरा बताएका हुन् ।
सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको कारण आफनो पार्टीले दुई नम्बर प्रदेशको निर्वाचनमा सही तरिकाले प्रवेशै नै हुन नपाएको नेता खनालले अरोप लगाए ।
उनले अघि भने,पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेलाई जनताले पहिलो पार्टी बनाउन सफल भएको भन्दै तेस्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा एमालेलाई सफलता मिल्छ भनेर सरकारले एमालेलाई निर्वाचनमा प्रवेश नै गर्न दिएन ।
आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भएपनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बढार्ने षडयन्त्रलाई पार्टी संगठनले असफल बनाएको दाबी गदै उनले एमालेले सिट संख्याको आधारमा पाँचौ र मतका आधारमा दोश्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गरे ।
नेता खनालले संविधान र आचारसंहिताको उल्लंघन गर्दै सरकारले जम्बो मन्त्रीमण्डल बनाएको बताए ।
उनले वर्तमान सरकारले जम्बो मन्त्रीमण्डल मात्र निमार्ण गरेको छ जनतालाई राहत हुने काम भने कुनै गर्न नसकेको ओरोप लगाए ।