किन गरे गोपाल किरातीले माओवादी पोलिटब्यूरो बैठक बहिस्कार ?

किन गरे गोपाल किरातीले माओवादी पोलिटब्यूरो बैठक बहिस्कार ?
राजनीति

बाम गठबन्धनको विरोध गरेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य  गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो  ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’
उनले आफूलाई कुनै हतारो नरहेको भन्दै भोलि प्रचण्डले फेरि छलफलमा बोलाएकाले सो छलफलमा भने सहभागि हुने बताए ।
उनले छलफल पछि सम्भवतः भोली नै नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् ।

Post Comment