यसकारण धनगढी राप्रपाले अध्यक्ष सिंहलाई पदमुक्त गरे

राजनीति

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष गजेन्द्रबहादुर सिंहलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टी कार्यकर्ताको आज यहाँ आयोजित भेलाले पार्टी विभाजनपछि जिल्ला अध्यक्ष सिंह सम्पर्कमा नरहेका र पार्टीको गतिविधिमा समेत सहभागी नदेखिएकोले उनलाई पदीय जिम्मेवारीबाट हटाउनु परेको जिल्ला कार्यसमितिका सचिव छत्र शाहीले बताए ।

पार्टीका सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, केन्द्रीय सदस्य जनक कुँवर, रामदुलारी चौधरी, सविना सिंह लगायतका नेताको उपस्थितिमा भएको भेलाले जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष होमबहादुर गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

राप्रपाका जिल्ला सचिव वीरेन्द्र बम पार्टी विभाजनपछि राप्रपा प्रजातान्त्रिकमा जानु भएपछि भेलाले रिक्त रहेको सचिव पदको जिम्मेवारीसमेत छत्र शाहीलाई दिएको छ । अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएका सिंह राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्ने तयारीमा रह्मन् स्रोतले बताएको छ ।

Post Comment