फुट्यो गच्छदारको लोकतान्त्रिक फोरम

फुट्यो गच्छदारको लोकतान्त्रिक फोरम
राजनीति

काँग्रेसमा समाहित हुने निर्णय गरेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विभाजित भएको छ ।

अध्यक्ष गच्छदारले संस्थागत निर्णयबिना एकलौटी रुपमा पार्टी एकताको निर्णय गरेको भन्दै सह–अध्यक्ष शिवलाल थापा समूह काँग्रेसँगको एकतामा सहभागी नहुने भएको हो । केही समयअघि मात्र नेपाल लोकतान्त्रिक फोरमसँग एकता गरेका थापाले पार्टीको बहुमत सदस्यको समर्थन आफूलाई रहेको दाबी गरे । नेपाल लोकतान्त्रिक फोरमकै चुनाव चिन्हमा आफूहरु निर्वाचनमा सहभागी हुने थापाले बताए ।

‘पार्टी एकताको निर्णय गच्छदारजीले एकलौटी रुपमा गर्नुभएको हो’, थापाले भने, ‘हामीसँग बहुमत छ, नेपाल लोकतान्त्रिक फोरमकै तर्फबाट हामी निर्वाचनमा सहभागी हुन्छौं ।’ थापाले आफूहरुले निर्वाचन आयोगमा छुट्टै समानुपातिक उम्मेदवारको सूची बुझाएको पनि बताए ।

थापाको तत्कालिन जनमुक्ति पार्टीसहित गच्छदारसँग एकता गरेका थरुहट तराई पार्टी, दलित जनजाति पार्टी लगायतका नेता एकताको विरोधमा देखिएका छन् । गच्छदार आइतबारै काँग्रेस प्रवेश गर्दैछन् ।

Post Comment