चुनावको बहानामा छेक्न खोजे रगतको खोला बग्छः- विप्लव

चुनावको बहानामा छेक्न खोजे रगतको खोला बग्छः- विप्लव
राजनीति

नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लब)ले चुनावको बहानामा आफुहरुलाई दमन गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने बताएका छन् ।

अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका सुरक्षा अंगहरुले चुनावमा खतरा हुने भन्दै आफुहरुलाई दमन गर्ने योजना बनाएको आरोप लगाए ।

जनताको पक्षमा रहेका नेकपाका नेता–कार्यकर्तालाई चुनावी सुरक्षाको बहानामा छेक्न खोजे रगतको खोला बग्ने उनले बताए ।

‘सरकार र सुरक्षा अंगहरुको बैठक बसेर मजदुर किसानको पक्षमा रहेका हामीहरुलाई चुनावको बहाना बनाएर दमन गर्ने तयारी गरेका छन्,’ विप्लबले भने, ‘कसैले छेक्न खोजे खुनको खोला बगाउन तयार छौँ’ ।

नेपाललाई स्वाधीन बनाउन सबै देशभक्त नागरिक एक हुनुपर्ने भन्दै उनले अहिलेको वाम गठबन्धन समाजवाद जन्माउन नभई पुँजिवाद जन्माउन बनेको आरोप लगाए । एमाले–माओवादीले दलाल पुँजिवादी सत्ता स्थापना गर्न खोजेको भन्दै उनले सुध्रिन चेतावनी समेत दिए ।

मुलुकमा भ्रष्टाचार बढेको बताउदै उनले छिट्टै भ्रष्टाचारीहरुको सूची सार्बजानीक गरेर कारबाही गर्ने बताए । उनले भने, ‘भ्रष्टचारीहरुलाई सडकबाटै थुतेर तिनका सम्पती राष्ट्रियकरण गरिने छ ।’ उनले अब मुलुकको समृद्धि र राष्ट्रघातका बिरुद्ध लड्न आफ्नो पार्टीलाई साथदिन उनले आग्रह समेत गरे ।

Post Comment