कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता र सिके राउतको आन्दोलन उस्तै भएको बताएका छन् । उनले विकास निर्माणका आयोजना निर्माण गर्न विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा बिरोध गर्ने ओली राष्ट्रवादी नेता हुनै नसक्ने धारणा व्यक्त गरे ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा विहिबार काठमाडौंमा आयोजित रुपन्देहीका पार्टी नेता कार्यकर्तासँगको अन्र्तक्रियामा खाँणले पहिला तत्कालिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थाको सिमारेखा पार गर्न खोज्दा सिद्धिएको बताउदै अहिले कम्युनिष्ट गठबन्धनले जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संसदीय व्यवस्था परिवर्तन गर्न खोजे सिद्धिने दावी गरे । साथै उनले वाम गठबन्धनप्रति संकेत गर्दै नेपालमा एकतन्त्रीय शासन चाहने जो सुकै शक्तिको अभिष्ट पुरा नहुने बताए ।
एक अर्को प्रसंगमा प्रचार समिति संयोजक खाणले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई र परराष्ट्र मन्त्रालयको जिम्मा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको भन्ने हल्ला निराधार रहेको बताए । ‘माओवादी केन्द्रका मन्त्रीहरुले सम्हालेका महत्वपूर्ण मन्त्रालय गृह र परराष्ट्र प्रधामन्त्री आफैले राख्नु भएको छ, अन्य कुनै मन्त्रीलाई ति मन्त्रालय हेर्ने जिम्मा दिनु भएको छैन ।’खाणले भने ।