सधैं भरी यस्तै सरसफाइ गर्दिए कस्तो हुन्थ्यो होला फेदिखोला गा.पा.का अध्यक्षज्युले

सधैं भरी यस्तै सरसफाइ गर्दिए कस्तो हुन्थ्यो होला फेदिखोला गा.पा.का अध्यक्षज्युले
राजनीति

दिपेन्द्र पौडेल, फेदिखोला, स्याङ्जा-स्याङ्जाको फेदिखोला गाउँपालिकाले आफ्नो परिसर क्षेत्र भित्र पर्ने सिद्दार्थ राजमार्ग (१०) किलो मिटर दाया र बाया (कुभिन्डे देखि भालुपहाड सम्म )बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार सरसफाइ कार्यक्रम स्याङ्जाको स्वागत दुवार कुभिन्डे देखि फेदीखालाको भालुपहाड सम्म बृहत सरसफाइ गरिएको जानकारी गाउँपालिकका प्रमुख घनश्याम सुवेदीले  दिनुभयो । स्थानिय टोल सुधार समिती, युवा समुह, स्थानिय र प्रहरी प्रशासनको सहभागिता मा गाउपालिका प्रमुख घनश्याम सुबेदीको नेत्रुत्वमा सिद्दार्थ राजमार्ग फेदीखोला गाउपालिका खन्ड १० किलोमिटर सरसफाइ गरिएको थियो । सार्बजनिक यातायातले जथाभाबी फाल्ने फोहरलाइ न्युनिकरण गर्न छिटटै नया कार्यक्रम समेत फेदीखोला गाउपालिका कार्यलयले तय गर्द छ। स्वछ, सफा हरियाली सुन्दर फेदीखोला हाम्रो पहिचान- समृद्द् फेदीखोला निर्माण हाम्रो अभियान ।

यो नारालाइ आत्मसाथ गरेर अगाडी बडेको फेदीखोला गाउपालिकाले बर्गिकृत फोहरलाइ ब्यबस्थित गर्न सरसफाइ केन्द्र निर्माणको चरणमा जुटेको छ। जनचेतनाको लागी बिभिन्न कार्यक्रमहरु समेत अगाडी बढाइ रहेको    प्रमुख  सुवेदीले जानकारी दिनुभयो ।

Post Comment