रामचन्द्र पौडेललाई प्रेसर कुकुर वम प्रहार: कांग्रेसले भन्यो हत्या गर्ने मनसायले आक्रमण भयो

रामचन्द्र पौडेललाई प्रेसर कुकुर वम प्रहार: कांग्रेसले भन्यो हत्या गर्ने मनसायले आक्रमण भयो
राजनीति

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए

बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी भएको बम आक्राणको भत्र्सना गरेको छ ।

पौडेललाई लक्षित गरी भानु नगरपालिका वडा नं. १० स्थित नेपाल डाँडा नजिक प्रेसर कुकर बम प्रहार भएको थियो । घटनामा एक जना सुरक्षाकर्मी घाइते हुनेका साथै पौडेल सवार गाडीमा सामान्य क्षति भएको छ । नेता पौडेल सुरक्षित छन् ।

कांग्रेसले वरिष्ठ नेता पौडेलको हत्या गर्ने मनसायले आक्रमण भएको बताएको छ । ‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्छ’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै आफूप्रति देखिएको जनलहरबाट अतालिएर नेताहरुलाई लक्षित गरी आक्रमण भएकोे बताएको छ । ‘जुनसुकै समूहले घटना घटाएको भएता पनि कांग्रेसका नेता, कार्यकर्ता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन्’ उसले भनेको छ ।

कांग्रेसले यस्ता आपराधिक घटनाहरु पुनः नदोहोर्‍याउन चेतावनी पनि दिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुलाई खोजी गरी कडा कारबाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्नसरकारसँग माग पनि गरेको छ ।

 

 

Post Comment