तेह्रथुमकी राधिकाले लालबाबु पण्डीतलाई गरीन ५ लाख चुनाब खर्च सहयोग

तेह्रथुमकी राधिकाले लालबाबु पण्डीतलाई गरीन ५ लाख चुनाब खर्च सहयोग
राजनीति

छत्र लकाई खड्का काठ्माण्डौ । पुर्वमन्त्री लालबाबु पण्डितले चुनाव जितेको हेर्न चाहना राख्दै अस्ट्रेलियामा बसेकी एक पूर्बेली चेलीले पण्डितको चुनावी अभियानका लागि रु पाँच लाख (५ लाख) रकम प्रदान गरेकी छिन् । लालबाबु पण्डितसँग कुनै साइनो सम्बन्ध र दोहोरो चिनजानसमेत नभएकी अस्ट्रेलिया सिड्नी निवासी राधिका पोखरेलले रु ५ लाख नगद प्रदान गरेकी हुन् ।

पोखरेलले त्यतिका रकम प्रदान गर्नुका कारण भने उनकै शब्दमा ‘पण्डितजस्ता निष्कलंक व्यक्तिले चुनाव जितेको हेर्ने इच्छाले हो ।’ उनले पण्डितजस्ता व्यक्तिका लागि थोरै भएपनि चुनाव खर्च पठाउन पाउँदा आपूmलाई गर्व लागेको बताएकी छिन् । पूर्वमन्त्री पण्डितले विभिन्न समय र स्थानमा दिएका अभिव्यक्ति सामाजिक सञ्जाल र यूट्युबमा हेरेर आपूm पण्डितबाट प्रभावित भएको पोखरेलको भनाई छ ।

‘मलाई उहाँ(पण्डित)का अभिव्यक्ति र निष्काम कर्मले उहाँ देशका लागि सच्चा व्यक्ति हो भन्ने गहिरो प्रभाव परेको छ’, सहयोगदाता पोखरेलले अष्ट्रेलियाबाट भनेकी छिन् । उहाँ जतिको व्यक्ति कसैगरी पनि चुनाव हार्नु हुन्न भन्ने थुप्रै प्रबासी नेपालीको शुभेच्छा रहेको पोखरेलले बताएकी छिन् । सामन्य प्रशासन मन्त्री हुँदा पिआर र डिभीका विषयमा खरो उत्रिएका तिनै पण्डितलाई अष्ट्रेलियाबाट यति ठूलो रकम सहयोग प्रदान भएको छ ।

मन्त्री हुँदा पण्डितले गर्न चाहेको काम कुनै गलत नभएको पोखरेल बताउँछिन् । उनको शब्दमा लालबाबुले डिभी र पिआरको विरोध गरेको होइन, सिस्टमको मात्रै विरोध गरेको हो । ‘डिभी र पिआर लिने अनि मन्त्री, सांसद र जागिरे पनि हुने कुराको मात्रै विरोध गरेको हो लालबाबुले’, पोखरेलले भनेकी छिन् । तेह्रथुम, सोल्मा माइती घर भएकी पोखरेल ११ वर्षदेखि अष्ट्रेलिया बस्दै आएकी छिन् । गोर्खाका डा. रञ्जीत सापकोटासँग बैवाहिक सम्बन्ध गाँसेकी उनले आफ्नो विवाह खर्चको पैसा नेपाल पत्रकार महासंघको तेह्रथुम शाखाको अक्षय कोषका लागि सहयोग गरेकी थिइन् ।

सहयोगको मामलामा उनी निकै मनकारी छिन्। उनी एक्लैले स्वर्गीय जीवराज आश्रितकी धर्मपत्नी माया ज्ञवालीको घर बनाउन २९ लाख सहयोग गरेकी छिन् । उनले नेपालका विभिन्न संघ, संस्थालाई झण्डै डेढ करोडभन्दा बढी सहयोग गरिसकेकी छिन् । नेतालाई चुनाव खर्च चाहिँ पहिलो पटक सहयोग गरेको उनले बताइन् । ‘अहिलेसम्म कुनै नेतालाई व्यक्तिगत सहयोग गरेको थिइनँ । तर, लालबाबु पण्डितजस्ता नेतालाई सहयोग नगर्दा देशको माटोले धिकार्लाजस्तो लाग्यो, त्यही भएर सहयोग गरेको हुँ,’ उनले भनेकी छिन् । मरेका सहीदमात्रै होइन, जिउँदा सहीदलाई पनि सहयोग गर्ने आप्mनो धोको रहेको भन्दै उनले लालबाबुलाई जिउँदो सहीद भनेकी छिन् ।

पोखरेलले विदेशमा आफूलगायत लाखौ नेपाली रहेको र तीमध्ये थुप्रैले लालबाबुले चुनाव जितेको हेर्न चाहेको जानकारी दिएकी छिन् । ‘हामी के विश्वास गर्छौ भने मोरङ क्षेत्र नम्बर ६ का मतदाताले नेपाली माटोको सुगन्ध, एक राष्ट्रवादी, निष्कलंक व्यक्ति लालबाबु पण्डितलाई पक्कै जिताउने छन्,’ पोखरेलले विदेशी भूमिबाटै शुभेच्छा प्रकट गरेकी छिन् ।

Post Comment