सिर्जनाले प्रचण्डलाई भनिन्-‘बुबा म अब कसरी बाच्ने ?’

सिर्जनाले प्रचण्डलाई भनिन्-‘बुबा म अब कसरी बाच्ने ?’
राजनीति

जतिबेला प्रकाश दाहालले सिर्जना त्रिपाठी र सिर्जनाले प्रकाशलाई औधी मायाँ गर्थे त्यति बेला भनेको हुनुपर्छ, हामी एक अर्काकै भएर बाच्न पाँउ,त्यो अन्तिम सयम सम्म रहीरहोस् । भर्खर भर्खर मायाप्रेममा लिप्त जोडीले यसरी कसम खानु,एका अर्कालाई साक्षी राखेर मिठा मिठा सपना बुन्नु कुनै नौलो कुरा होइन ।

प्रकाशले सिर्जनालाई माया गर्थे,मन पराउँथे । त्यही कारण उनले सिर्जनालाई दुलही बनाउन चाहे । आफुले मन पराएपछि घरबाट सिर्जनाको माइतीमा माग्न गए । दुबैले एका अर्कालाई मायाँ गर्ने र मन पराउने भएपछि पारिबारिकक सहभागीतामै प्रकाश र सिर्जनाको बिहे भयो ।

सिर्जना माइती कास्कीको हेम्जाबाट प्रकाशकी दुलहीको रुपमा लाजिम्पाट भित्रिइन । दिनचर्याहरु राम्रै बित्दै थिए । त्यही विचमा उनले प्रकाश र आफ्नो मायाँको चिनो स्वरुप छोरा प्रसिद्धलाई जन्म दिइन् । त्यसपछि केही पारिवारिक समस्या उत्पन्न भएपछि सिर्जना छोरा प्रसिद्धलाई लिएर माइती पुगिन ।

माइतीमै बसेर छोरा हुर्काइन र उतै पढाउन थालिन् । यो बिचमा उनलाई र प्रकाशलाई जोडेर विभिन्न टिकाटिप्पणी सहितका समाचारहरु प्रकाशित नभएका भने होइनन । तर सिर्जना आफ्नै रफ्तारमा जिन्दगी अगाडी बढाउँदै थिइन । छोरा प्रसिद्धलाई पढाउनको लागि उनी गत बैशाखमा काठमाडौँ आइपुगिन् ।

दुख:सुख छोरा संगै जिन्दगीका अनगिन्ती सपना बुनेर बसिरहेकी सिर्जनाको जिवनमा आइतबार एउटा अकल्पनीय घटना घट्यो । काठमाडौमा भएकीले पनि पती प्रकाश दाहालको हृदयघातको खबर उनले अरुले भन्दा छिटो पाउनु स्वभाविक थियो । हतार हतार छोरालाई हातमा डोहोर्‍याएकी सिर्जना नर्भिक अस्पत्ताल पुगिन् । जहाँ प्रकाशलाई राखिएको थियो ।

नर्भिक पुग्दा त्यहाँ मानिसहरु जम्मा भइसकेका थिए । विभिन्न सञ्चार माध्यमका पत्रकारहरु,फोटोग्राफरहरु पनि उत्तिकै थिए । कतिपयले सिर्जनालाई चिन्थे कत्तिले चिन्दैनथे । जतिले प्रकाशकी पत्नीको रुपमा चिन्थे आफ्नो क्यामरामा फोटो कैद गरिहाल्थे । मानिसहरुको ठेलमठेलका विचबाट सिर्जना प्रकाश भएनिर पुगिन् ।

त्यहाँ पुग्दा प्रकाश अस्ताइसकेका थिए । मायाँ नै मायाँले भरिएको छातीमा प्रकाशलाई टाँस्न नपाउँदै,जिन्दगीका कयौँ उतारचढावलाई साट्न नपाउँदै,मनभित्र गुम्सिएका अनकेन भावनाहरु विसाउँन नपाँउदैँ प्रकाश सिर्जनाको जिन्दगीबाट ओझेलिएका थिए । यो सब देखिरहदाँ सिर्जना होसमा हुने कुरै भएन । उनी बेहोस भएर ढलिन् ।

लामो समयदेखि सिर्जना प्रकाशसँग थिइनन् । उनी छोरासहित पोखरामा बस्ने गर्थिन् । प्रचण्डले सिर्जना र नातिलाई धेरै माया गर्छन् । सिर्जनासँगै उनकी आमा प्रकाशकी सासू पनि संगै थिइन् ।  उनी नातिलाई काखमा लिएर डाँको छाडेर रुँदै थिइन् ।

जब सिर्जनाले अर्धबहोस अवस्थामै प्रचण्डलाई भनिन………..

लामो समयदेखी छुट्टिएर बसेपनि सिर्जनाले प्रकाशलाई मायाँ गर्दिरहिछिन् भन्ने छुट्टाउन धेरैलाई समय लागेन । जब प्रकाशलाई हृदयघात भएको खबर सुनेर दौडर अस्पत्ताल पुगेकी सिर्जनाले त्यहाँ प्रकाशको अवस्था सोचेजस्तो पाइनन त्यसपछि उनी बेहोस भएर ढलिन् ।

मायाँ नै नभएको भए न त त्यहाँ सिर्जना पुग्थिन् न त बेहोस नै हुन्थिन् । बेहोसी अवस्थामा सिर्जनाले बर्बराउँदै प्रकाशकै नाम लिइरहेकी थिइन् । पती प्रकाशलाई भेट्न पुगेकी सिर्जना आफैँ अस्पत्तालको बेडमा थिइन । यसैविचमा प्रकाशका बुवा प्रचण्ड आएर सिर्जना भनेर के बोलाएका थिए । उनी झन डाँको छोडेर रुन थालिन ।

 

उनले जब नर्भिक अस्पत्तालको बेडवाटै प्रचण्डको काँखमा रुदै भनिन “बुबा म अब कसरी बाच्ने ? त्यहाँ हुने सबलाइ रुवाइन् । प्रचण्ड आउने वित्तिकै प्रकाशको शव पार्टी कार्यालय पेरिसडाँडा पुर्‍याइयो । प्रकाशलाई श्रदाञ्जली दिनका लागि सबै जना पेरिसडाँडा नै पुगे ।

त्यसपछि आइतबार साँझ नै प्रकाशको शबलाई पशुपति आर्यघाटमा दाह संस्कार गरियो । यो सब घटनाक्रमको साक्षी बनीरहेकी थिइन् सिर्जना । पशुपतीको एउटा कुनामा बसेर हेरीरहेकी सिर्जनाले प्रकाश धुवाको मुस्लोसंगै हावामा विलिन् भएको देखीरहेकी उनी सोही दिन साँझ छोरा प्रसिद्ध संगै लाजिम्पाट गइन् ।

आमाजु दीदी रेणुको जितमा सिर्जनाको खुसी…………….

स्थानिय निकायको निर्वाचनमा जब रेणु दाहाल जो सिर्जनाकी आमाजु दिदी पर्छिन उनी भरतपुर महागरपालिकाको मेयर पदमा विजयी भएपछि सिर्जनाले खुसी हुदै बधाइ तथा शुभकामना दिइन । उनले फेसबुकमा रेणु दाहालको फोटो पोष्ट गर्दै आफ्नो मन धेरै समयपछि खुसी भएको बताएकी थिइन ।

Post Comment