शशांकले भने:पाँचौ पटक प्रधानमन्त्री बन्ने कि अरुलाई पालो दिने ? अब देउवाले सोच्नुपर्छ

शशांकले भने:पाँचौ पटक प्रधानमन्त्री बन्ने कि अरुलाई पालो दिने ? अब देउवाले सोच्नुपर्छ
राजनीति

एमाले–माओवादीले बहुमत ल्याएर सरकार बनाउने तयारी गर्दैछन्, तपाईहरुले के गर्नुहुन्छ ? ऋषि धमलाले प्रश्न थपेपछि कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।

“म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सुचना आएको छ ।” कोइरालाले भने ।
नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । यद्यपी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे ।

राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् ।

चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ? सिधा प्रश्नको सिधा जवाफ दिनुस् है, धमलाको प्रश्न थियो । कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए ।

“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।” उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।

शेरबहादुर पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, अझै प्रधानमन्त्री बनाउनुहुन्छ भनेर धमलाले प्रश्न गरेपछि कोइरालाले यस विषयमा देउवा आफैले सोच्नुपर्ने बताए । गिरिजाप्रसादले कृष्णप्रसादलाई नेतृत्व दिएजस्तै देउवाले पनि बाटो खुला गर्नुपर्ने आशय कोइरालाले व्यक्त गरे ।
पार्टीभित्रको गुटलाई अन्त्य गरेर सहमतिका आधारमा अघि बढ्ने उनको भनाई थियो ।

Post Comment