कास्की जिल्लामा बाम गठबन्धनको कब्जा

कास्की  जिल्लामा बाम गठबन्धनको कब्जा
राजनीति

कास्की  जिल्लाको जारी प्रतिनिधी तथा प्रदेश सभा चुनाव मतगणनामा बाम गठबन्धनले कब्जा जमाएको छ ।  तिन क्षेत्र र ६ प्रदेश सभा रहेको कास्कीमा क्षेत्र नम्बर २ को ख प्रदेश सभा बाहेक सम्पुर्णमा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।

कास्कीको प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ मा बाहलवाला कानुन मन्त्री  तथा कांग्रेस उम्मेदवार यज्ञ बहादुर थापालाई पर्व स्वास्थ्य मन्त्री एवम बाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले करिव ४ हजार मतन्तारले अग्रता लिनुभएको छ ।

मन्त्री थापाले ९ हजार ७ सय ९९ मत ल्याउँदा अधिकारीले १५ हजार २ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी क्षेत्र नम्बर २ प्रतिनिधी सभा तर्फ पनि संसद विकास समितिका पुर्वसभापति एवम बाम उम्मेदवार रविन्द्र अधिकारीले भारी मतले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पछाडि पारेका छन् ।
अधिकारीले १२ हजार ८ सय ८३ मत ल्याउदै अग्र स्थानमा छन भने ८ हजार ९ सय ४३ मत प्राप्त गर्दै चालिसेले पछ्याउदै छन । कास्कीको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा भने बाम गठबन्धनका जगत विश्वकर्माले १५ हजार ९३ मत सहित अग्रता लिइरहेका छने भने उनलाई कांग्रेसका शुक्रराज शर्माले ११ हजार ७ सय ८७ मत सहित पछ्याउदै छन ।

१ लाख ८० हजार ९ सय १३ मत खसेको कास्कीमा प्रदेश सभा पनि बाम गठबन्धन कै उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा क तर्फ बाम गठबन्धनका दिपक कोइरालाले ८ हजार १ सय ५४ मत ल्याएर अगाडि छन भने कांग्रेसका जिवन परियारले ६ हजार ६ सय २७ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी क्षेत्र नम्बर १ प्रेदश  ख तर्फ  बाम गठबन्धनका मनबहादुर गुरुङ ७ हजार ६ सय ७१ मत सहित पहिलो स्थानमा छन् । उनलाई कांग्रेसका कृष्ण केसिले ६ हजार २ सय ४७ मत ल्याएर पछ्याउदै छन् ।

कास्कीको क्षेत्र नम्बर २ को प्रदेश सभा क मा बाम गठबन्धनका कृष्ण थापाले कांग्रेसका गुरु बराललाई दोब्बर मतन्तारले अग्रता लिइरहेका छन् । हाल सम्मको मतगणनामा थापाले ८ हजार २ सय ६३ मत ल्याएका छन भने बरालले ४ हजार ९४ मत प्राप्त गरेका छन् । प्रदेश सभा ख तर्फ भने कांग्रेसका विन्दु थापाले बाम गठबन्धनका राजकाजी गुरुङलाई अग्रता लिएका छन् । थापाले ९ हजार १ सय २६ मत ल्याउदा गठबन्धनका गुरुङले ८ हजार २ सय ६३ मत ल्याएका छन् । शुरुवाति चरणमा गुरुङ अगाडि देखिए पनि आज विहान बाट थापाले अग्रता लिएका हुन् ।

कास्कीको क्षेत्र नम्बर ३ प्रदेश सभा क भने बाम गठबन्धनका रामजी बरालले २ हजार ३६ मत सहित अगाडि छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका शारदा पौडेलले १७ सय ८५ मत ल्याइ पछ्याउदै छन् ।

त्यसैगरी प्रदेश सभा ख तर्फ बाम गठबन्धनका राजीव पहारीले २ हजार २ सय ९८ मत सहित अग्र स्थानमा छन । उनलाई कांग्रेसका सिकन्दर गुरुङले ३२ सय २६ मत ल्याएर दोस्रो स्थानमा छन । पहारी एमाले पार्टी निकट युवा संघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

Post Comment