वामपन्थीले भत्काए ‘परिवारवाद’ को विरासत:महत र केसीका परिवारै पराजित

वामपन्थीले भत्काए ‘परिवारवाद’ को विरासत:महत र केसीका परिवारै पराजित
राजनीति

नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ ।

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०५१ सालदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको बिजय यात्रालाई हितबहादुरले रोकिदिएका छन् । महत नेपाली कांग्रेसका आर्थिक नीतिका भाष्कार हुन् ।

यसअघि ०६४ र ०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । तेस्रो प्रयासमा तामाङले महतलाई जिते ।

नुवाकोटमा चुनाव लड्ने ठाउँ नपाएर काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न आएका डा. रामशरण महतका भाइ प्रकाशशरण महत पनि पराजित भएका छन् ।

Post Comment