काँग्रेसको हारमा प्रचण्डको प्रतिक्रिया:काँग्रेस देउवाकै नेतृत्वमा पुरानो आर्दशतिर फर्कियोस्

राजनीति

-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनीधिसभा र प्रदेशसभामा काँग्रेसले व्योहोरेको हार उसका लागि शिक्षा हुने बताएका छन् । प्रचण्डले काँग्रेसको हार उसका लागि चुनौति र अवसर दुवै रहेको पनि बताए । ।
आज एक टीवी च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन्  चुनाव हारेपनि काँग्रेसको प्रतिपक्षको भूमिका हुन्छ नै । हामील पनि राष्ट्रिय मुद्दामा उसँग सहमति त गर्नुपर्ने हुन्छ । यो हार काँग्रेसका लागि कमीकमजोरी सच्चाउने मौका हो ।
यस्ता खालका चुनावी परिणामले पार्टीलाई सच्चिने मौका दिन्छन् ।  यो हार काँग्रेसका लागि चुनौति पनि हो अवसर पनि हो । वीपीको आर्दशतिर, गिरिजाबाबुको गणतन्त्र र शान्तिको आर्दशतिर फर्कने अवसर हो ।
देउवाजीले जित्नु भएको छ । उहाँलाई बधाई छ । काँग्रेस देउवाकै नेतृत्वमा पुरानो आर्दशतिर फर्कियोस् ।
त्यहाँभित्र अराजकता छ । त्यो हल होस् ।

Post Comment