नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने भएको छ ।
राष्ट्रिय सभा निार्वचनसम्बन्धी विधेयक स्वीकृत नगरेको भन्दै नेविसंघले राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा गरेको हो । नेविसंघ केन्द्रीय सदस्य जयराम दाहालले पुस ९ गते आइतबार राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
काँग्रेसले पूर्वपार्टी एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ । राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत नभएसम्म सरकार नछाड्ने अडान काँग्रेसको छ ।