दिपायल राजधानी किन ? यस्तो छ बिद्यार्थीको तर्क

दिपायल राजधानी किन ? यस्तो छ बिद्यार्थीको तर्क
राजनीति

केशबचन्द्र महरा , दिपायल ७ पौष । पछिल्लो समय प्रादेशिक राजधानीका बिषयलाई लिएर बिभिन्न ठाउँबाट आवाज उठ्न थालेका छन् । डोटीमा पनि प्रादेशिक राजधानीको बिषयलाई लियर केहिसमय यता बहस, बैठक, पैरवी लगायत दबावमुलक कार्यक्रमहरु हुँदै आएकाछन् ।

यसै बिच बिद्यार्थीहरुले पनि ७ नं. प्रदेशको राजधानी दिपायल नै उपयुक्त भएको थुप्रै आधारहरु सहित तर्क राखेका छन् । “७ नं. प्रदेशको राजधानी दिपायल किन ?” भन्ने शिर्षकमा सुरुजङ्ग उमावी राजपुरले शुक्रबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगीतामा बिद्यार्थीहरुले आ–आफ्ना तर्क राखेका हुन् ।
वक्तृत्वकलामा सुरुजङ्ग उमावीका कक्षा ११ र १२ मा अध्यनरत १७ जना छात्र छात्राले आ–आफ्नो तर्क राखेका थिए । उक्त वक्तृत्वकलामा प्रथम स्थान हाँसिल गर्ने कक्षा १२ मा अध्ययनरत छात्र नरेश कठायतले यहाँका स्रोत सामगी्रहरुको सहि सदुपयोग गर्न, शिक्षा क्षेत्रमा पहाडी जिल्लाहरुको अन्य ठाउँजस्तै समान पहुँच पु¥याउन, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण तथा प्रबृदनगरी प्रदेशलाई आर्थिक रुपमा बलीयो बनाउन र प्रदेशका ९ वटै जिल्लाको केन्द्र बिन्दु भएकाले पनि डोटी नै राजधानीका लागि उपयूक्त रहेको बताए । साथै उनले दिपायलबाट राजधानी खोसेर राज्यले अपहेलना गरे त्यो कुरा सह्य नहुने समेत बताए ।

त्यसै प्रतियोगीतामा दृतिय हुने कक्षा ११ कि छात्रा अंकिता ओझा लगायत अन्य सहभागीहरुले पनि ऐतिहाँसिक, धार्मिक, भौतीक संरचना, पुर्वाधार, सबै जिल्लाको पाएकपर्ने केन्द्र बिन्दु, जलस्रोत लगायतका थुप्रै सम्भावनाहरुले दिपायल राजधानी उपयूक्त रहेको तर्क प्रस्तुत गरेका थिए । कतिपय बिद्यार्थीहरुले धेरै सम्भावना, आधार र अबसर हुँदा हुँदै प्रदेशको राजधानी दिपायल किन भन्ने प्रश्न नै गलत भएको तर्क प्रस्तुत गरेका थिए ।

प्रादेशिक राजधानीको चर्चा सँगै उच्च अदालत, एआईजी कार्यालय, पुराना बनेका संरचना, पहिलाको क्षेत्रीय सदरमुकाम, बाईसे चौबिसे राजहरुका पाला देखिको प्रशासनिक काम काज हुदै आएको डोटी गौणा, समग्र अखण्ड सुदुरपश्चिम प्रदेशको केन्द्र बिन्दु, सबै जिल्लालाई पाएक पर्ने जिल्ला, फास्ट ट्रयाक, पश्चिम सेती, खप्तड, पर्यटकिय स्थल, ¥याप्टीङ, सुरक्षित ठाउँ लगायतका थुप्रै सम्भाबना र आधारहरुले डोटी राजधानि सुनिस्चित रहेको मावि इन्चार्ज, शिक्षक केशब जोशीले बताए ।

त्यस्तै बिद्यालयका प्राचार्य मानबहादुर कठायले प्रतिभा पलायन रोक्न, डोटेली संस्कृतीको संरक्षण गर्न, डोटेली भाषको संरक्षण गर्न सबै जिल्लाबासिलाई उचित न्याय दिन पनि डोटी मै राजधानी हुनुपर्ने बताए । उनले भने,“ अहिलेको संरचना अनुसार राजधानीको बिषय मुल बिषय हो । सबैको चासोको बिषय हो । यस बिषयमा बिद्यार्थीहरुलाई पनि ज्ञान हुने, चासो हुने र सरोकारवालालाई पनि केहि दवाब पुग्ने भएकाले समय सन्दर्भअनुसार यो वक्तृत्व कला प्रतीयोगीताको आयोजना गरेका हौँ ।”

Post Comment