प्रदेश नं ४: मुख्यमन्त्रीमा गुरुङद्धयको भिडन्त निर्णायक खगराज

प्रदेश नं ४: मुख्यमन्त्रीमा गुरुङद्धयको भिडन्त निर्णायक खगराज
राजनीति

नेकपा एमालेले संसदिय दलको नेता चयनका लागि प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ ।

संसदिय दलको नेता नै मुख्य मन्त्री बन्ने भएपछि यति बेला मुख्यमन्त्रीका दावेदारसचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको आन्तिरक कसरतमा छन् ।

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । पार्टिमा पृथ्वी ओली निकट र किरण बामदेव निकट मानिन्छन् । नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापन ओली पक्षका प्रभावशाली नेता पूर्ब स्वास्थ्य मन्त्री खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने पक्का छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् ।

एमाले प्रभावशाली नेता खगराज अधिकारी

यसबारे अधिकारीले बोलेका छैनन् न त खुलेरै कसैको सर्मथन गरेका छन् ।यद्यपि दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन्।

Post Comment