निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत सवैभन्दा धेरै मत ल्याउने एमाले बनेको छ भने सवैभन्दा कम मत ल्याउने हाम्रो पार्टी बनेको छ । धेरै मत ल्याएको एमालेल ३१,७३ ४९४ मत पाएको छ भने हाम्रो पार्टीले देशभरबाट जम्मा ४२६ मत पाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए ।
बन्दसूची पेश गरेका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा प्राप्त गरेको कूल सदर मत ९५,४४,७७९ (पन्चान्नब्बे लाख चवालिस हजार सात सय उनासी) रहेको छ ।
आयोगका अनुसार यसमा सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ मत प्राप्त गरेको छ । जसको प्रतिशतमा (३३.२५ प्रतिशत) मत हुन आउछ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/समाजवादी जनता पार्टी/जनजागरण पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।