प्रदेश ३ सभामुखमा एमाले सांसद श्रेष्ठ निर्विरोध

प्रदेश ३ सभामुखमा एमाले सांसद श्रेष्ठ निर्विरोध
राजनीति

प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो, जसमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।

एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनी मुख्यमन्त्रीको दावेदार थिए । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।

Post Comment