पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणबाट फर्केका छन्। माघ २२ गते भारत भ्रमणमा पुगेका शाह आज दिउँसो ४ बजे आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्नेको भीड लागेको थियो। पूर्वराजालाई फूलमालाले स्वागत गर्न बसेकाहरु भने हिस्स परेका थिए।
भीडले गर्दा माला शाहलाई माला लगाइदिन र फूलमाला दिन नपाएपछि उनीहरु हिस्स परेका हुन्। राजालाई स्वागत गर्न जम्मा भएको जुलुसमा ‘राजा आऊ देश बचाऊ’को नारा लागेको थियो